images
images
  • १५ दिनमै ५ सहसचिव, ३३ उपसचिव, २९ शाखा अधिकृतसहित १४६ कर्मचारीले छोडे जागिर

    काठमाडौं– चालु असार महिनाको १ देखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जना निजामती कर्मचारीले राजीनामा दिएका छन् ।

    यो सङ्ख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका १४२ कर्मचारीभन्दा बढी रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।

    महानिर्देशक श्रवण पोखरेलका अनुसार राजीनामा दिनेमा ५ सहसचिव, ३३ उपसचिव, २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारी छन् ।

    राजीनामा दिएका सबै कर्मचारीले पेन्सनका लागि आवेदन दिइसकेका छन् ।

    राजीनामा दिने कर्मचारीको सङ्ख्या बढेसँगै ‘ई–पेन्सन’ सेवामा आवेदनको चाप बढेको र पेन्सन व्यवस्थापनमा प्राविधिक तथा प्रशासनिक दबाब समेत बढेको किताबखानाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images