काठमाडौं– गृह मन्त्रालयले सहसचिव, उपसचिव तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) तहका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयको जेठ १३ र २२ गतेको निर्णयअनुसार १५ जिल्लाका सिडिओसहित विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
निर्णयअनुसार सहसचिव निराजन घिमिरे स्याङ्जा, कुमानसिंह गुरुङ कास्की, लक्ष्मी पाण्डे गौतम धादिङ तथा बलराम निरौला भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा भएका छन् ।
साथै, १५ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















