images
images
  • प्रधानमन्त्रीलाई म्यासेज गरेको आरोपमा पक्राउ परेका सचिवलाई सामान्य सोधपुछमै छोडियो

    काठमाडौं– प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका लागि सन्देश पठाएको आरोपमा पक्राउ परेका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सोधपुछपछि छाडेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा बिहीबार कपनस्थित निवासबाट नियन्त्रणमा लिइएका उनलाई करिब ८ घण्टा सोधपुछपछि श्रीमतीको रोहबरमा रिहा गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

    उनीमाथि तत्काल मुद्दा चलाउने पर्याप्त आधार नदेखिएपछि छाडिएको बताइए पनि प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

    मुख्यसचिवको दौडमा रहेका पुष्करलाई आज बिहान ८ बजे पुनः उपस्थित हुने गरी छाडिएको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images