images
images
  • सम्पर्कमा नआउने तर तलब पड्काउने निजामती कर्मचारीको दिउँसै टर्च बालेर खोजी, नभेटेर सरकार हैरान

    काठमाडौं– सरकारले अध्ययन बिदा वा असाधारण बिदामा गएर अवधि सकिएपछि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी थालेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै राष्ट्रिय किताबखाना (निजामती)मा अभिलेख अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

    साथै विभिन्न मन्त्रालय र कार्यालयलाई पनि बिदामा रहेका कर्मचारीहरूको अवस्था यकिन गरी अभिलेख अद्यावधिक गर्न भनिएको छ ।

    मन्त्रालयले बिदा समाप्तिपछि पनि हाजिर नभएका वा सम्पर्कमा नरहेका कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

    उनीहरूले भने नियमति तलब पाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images