images
images
  • कर्मचारीको तलब वृद्धि : १ लाख २१ हजार बढाउने सरकारको तयारी

    काठमाडौं– आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ ।

    तीन वर्षदेखि तलब नबढेपछि सरकारले वृद्धि गर्ने संकेत दिएको हो ।

    मुख्यसचिव सुमनराज अर्याल नेतृत्वको तलब पुनरावलोकन समितिले कार्यालय सहयोगीको तलब ३५ हजार र मुख्यसचिवको १ लाख २१ हजार रुपैयाँ पुर्‍याउन सिफारिस गरेको छ ।

    हाल कार्यालय सहयोगीको तलब २७ हजार ६१२ र मुख्यसचिवको ७७ हजार २११ रुपैयाँ छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले तलब वृद्धि गर्न सकारात्मक देखिए पनि कमजोर राजस्व र बढ्दो अनिवार्य दायित्वका कारण स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

    उनले राजस्वले तलब, पेन्सन, सामाजिक सुरक्षा र ऋणको ब्याजसमेत धान्न कठिन भइरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images