images
images
  • ११ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

    काठमाडौं– सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ ।

    गत सोमबार (२१ वैशाख) बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरुवा गरिएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको हो ।

    सरुवा अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ भने सञ्चार मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

    त्यस्तै सञ्चार मन्त्रालयकै सहसचिव चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत जिम्मेवारी दिइएको छ ।

    प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ भने अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालयमै पठाइएको छ ।

    saruwa 2048x833 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images