images
images
  • सिंहदरबारबाट सिधै सुदूरपश्चिम खटाएको झोकमा २ उपसचिवले दिए पदबाट राजीनामा

    काठमाडौं– सुदूरपश्चिमका दुई स्थानीय तहमा खटाइएका उपसचिवहरूले पदबाट राजीनामा दिएका छन् ।

    डडेल्धुराको अमरगढी नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएका नवराज ओझा र भोजबहादुर ऐडीले आ–आफ्नो कारण देखाउँदै पद त्याग गरेका हुन् ।

    ओझाले स्वास्थ्य समस्या, व्यक्तिगत कारण र स्थानीय तहको अनुभव अभाव उल्लेख गर्दै प्रमुख सचिवसमक्ष राजीनामा दिएका छन् ।

    उनी यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।

    त्यस्तै, ऐडीले दुर्गम क्षेत्रमा पटक–पटक खटाइएको असन्तुष्टि जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजीनामा बुझाएका छन् ।

    उनलाई बुढीगंगा नगरपालिकामा पुनः खटाइएपछि उनले पद त्याग गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images