काठमाडौं– नेपाल सरकारले निजामती कर्मचारीलाई अब महिनामा दुई पटक (पाक्षिक) तलब दिने व्यवस्था सुरू गरेको छ ।
यसको सुरुआत वैशाख १६ गते अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट गरिएको हो, जहाँका कर्मचारीहरूले १५/१५ दिनमा तलब पाउन थालेका छन् ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार अन्य निकायका लागि पनि प्रणाली तयार भइसकेको छ र चाँडै विस्तार गरिनेछ ।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले महिनामा दुई पटक तलब दिने निर्णय गरेका थिए ।
नयाँ व्यवस्थाअनुसार तलब र भत्ताहरू स्वचालित रूपमा दुई भागमा विभाजन भई भुक्तानी हुनेछ, साथै कर, सञ्चय कोष, बिमा लगायतका कट्टीहरू पनि दुई किस्तामा हुनेछ ।
सरकारका अनुसार यसले नगद प्रवाह सन्तुलन गर्न, बजारमा माग बढाउन र कर्मचारीलाई खर्च व्यवस्थापनमा सहजता दिन मद्दत गर्नेछ ।
हाल यो ‘पाइलट’ रूपमा सुरू गरिएको भए पनि क्रमशः सबै सरकारी निकायमा विस्तार गर्ने योजना छ ।
यद्यपि यो प्रक्रिया निजामती कर्मजारीबाहेक अन्य कर्मचारीको हकमा लागू भएको छैन ।



















