काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा महिला मन्त्री र सचिवकै कार्यकालमा दुई सक्षम महिला सहसचिव पार्वती शर्मा र नीता पोखरेललाई अचानक प्रदेशमा सरुवा गरिएको छ ।
यसले महिला नेतृत्वले नै महिला क्षमतामाथि विश्वास नगरेको भन्ने गम्भीर प्रश्न उठाएको छ ।
कर्मचारी प्रशासन र नीति महाशाखा जस्ता संवेदनशील जिम्मेवारी सम्हालिरहेका यी अधिकारीहरूले पारदर्शिता र सुशासनमा काम गर्दै आएको दाबी गरिँदै आएको थियो ।
विशेषगरी सरुवा प्रक्रियामा हुने ‘सेटिङ’ र बिचौलिया प्रभाव नियन्त्रण गर्न सफल भएको भनिएकै बेला उनीहरूको सरुवा हुनु शंकास्पद रूपमा हेरिएको छ ।
सामान्य अभ्यासविपरीत एकपटक प्रदेशमा काम गरिसकेका सहसचिवलाई पुनः प्रदेशमै पठाइनुले निर्णयप्रति थप प्रश्न उठाएको छ ।
मन्त्रालयभित्रै पुरानो नेटवर्क फेरि सक्रिय भएको आशंका कर्मचारी वृत्तमा बढ्दो छ ।
यो प्रकरणले तीन सन्देश दिएको विश्लेषण गरिएको छ ।



















