images
images
  • कर्मचारीलाई ३ महिना विदेश भ्रमणमा रोक

    काठमाडौं– सरकारले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणका लागि मनोनयन नगर्न निर्देशन दिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा अन्य निकायहरूलाई पत्राचार गर्दै उक्त व्यवस्था कडाइका साथ लागू गर्न भनेको हो ।

    गत चैत १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा यस्तो निर्देशन जारी गरिएको हो ।

    प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारीहरू वैदेशिक भ्रमणमा जाँदा उक्त कार्यसूचीको कार्यान्वयनमा अवरोध आउन सक्ने भएकाले तत्कालका लागि कुनै पनि कर्मचारीलाई विदेश भ्रमणमा नपठाउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images