images
images
  • बालेन सरकार बनेको १ हप्तामै स्थानीयतह पुगे कर्मचारी

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका रिक्त १४५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

    नयाँ सरकार गठनसँगै गरिएको यस निर्णयपछि ७५३ वटै स्थानीय तहमा अब प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्री प्रतिभा रावलका अनुसार यसअघि कर्मचारी अनिच्छुकता, जनप्रतिनिधिको प्रभाव र चुनावी अवधिमा सरुवा रोकिँदा धेरै पालिकामा पद रिक्त रहेको थियो ।

    हाल उपमहानगर र नगरपालिकामा उपसचिव तथा केही ठूला उपमहानगरमा सहसचिव खटाइएका छन् भने गाउँपालिकामा अधिकृत स्तरका कर्मचारी पठाइएको छ।

    मन्त्रालयले अब सरुवा र नियुक्तिमा ‘मेरिट प्रणाली’ लागू गरिने स्पष्ट पारेको छ, जसले विगतका अवरोध हटाउँदै स्थानीय तहको सेवा प्रवाह सुधार हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images