images
images
  • सरुवा भएको कार्यालयमा नजाने कर्मचारीलाई मन्त्री रावलको चेतावनी– मार्ग प्रशस्त गर्नु

    काठमाडौं– सामान्य प्रशासन मन्त्रालयले सरुवा वा काजका लागि खटाइएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई स्पष्ट चेतावनी दिएको छ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिव र मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको थियो। यसअघि रिक्त रहेका नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेका थिए।

    यसै सन्दर्भमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै भनिन्, “जनतालाई सहज सेवा दिन सरकार कुनै चुनौती सामना गर्न पनि तयार छ। सरकारले खटाएको ठाउँमा जान नमान्ने छुट कसैलाई छैन, नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ।”

    मन्त्रालयका अनुसार, सोमबार र मङ्गलबार प्रमुख प्रशासकिय अधिकृतविहीन नगरपालिकाहरूमा कर्मचारी पठाइए। अब एक–दुई दिनभित्रै कर्मचारी विहीन रहेका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images