images
images
  • कर्मचारी सरुवाका लागि वरियताक्रम लागू गर्दै मन्त्री रावल

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारी सरुवालाई निष्पक्ष र पारदर्शी बनाउन लोक सेवा आयोगको वरियताक्रमलाई आधार मान्ने नयाँ अभ्यास सुरु गरेकी छन् ।

    लामो समयदेखि सरुवा प्रक्रियामा देखिँदै आएको पहुँच, दबाब र पक्षपातका आरोप कम गर्न यो निर्णय लिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

    अब सरुवा गर्दा आयोगले सिफारिस गर्दा तय गरेको योग्यतामा आधारित वरियतालाई प्राथमिकता दिइनेछ ।

    यस विधिबाट कर्मचारीबीच न्यायको अनुभूति बढ्ने, निर्णय प्रक्रिया स्पष्ट हुने र राजनीतिक हस्तक्षेप घट्ने अपेक्षा गरिएको छ ।

    हालै उपसचिवहरूको पदस्थापनमा पनि यही मापदण्ड लागू गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्री रावलले यसअघि तयार सरुवा सूचीसमेत परिमार्जन गराउँदै निष्पक्ष आधारमा प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन् ।

    जसलाई प्रशासन सुधारतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images