images
images
  • तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचारी ठहर, एक वर्ष कैद

    काठमाडौं- तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचारी ठहर भएका छन् ।

    रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

    मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले यादवलाई दोषी ठहर गरेको हो ।

    उनले व्यापारी विपिनकुमार पाण्डेयमार्फत घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गत २३ असारमा उनीहरूलाई ३ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरी मुद्दा चलाएको थियो ।

    अदालतले वडाध्यक्ष यादव र घुस लिने पाण्डेयलाई जनही १ वर्ष कैद र १ लाख ५० हजार जरिवाना हुने ठहर गरेको छ ।

    वडाअन्तर्गतका विभिन्न योजना सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि उनले सिद्धार्थनगर नगरपालिका-९ स्थित ‘श्री गणेश ट्रेडिङ’का सञ्चालक पाण्डेयमार्फत घुस लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images