काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ, जिम्न्यास्टिक र पुरुष क्रिकेटका खेल सञ्चालन हुन लागेका हुन् ।
आज वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल हुनेछन् । दुवै खेल बिहान ९ बजे सुरु हुने तालिका छ । यस्तै, सुर्खेतको मुख्य रंगशालामा पुरुष फुटबलका खेल बिहान ९ बजेदेखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुनेछन् ।
पुरुष क्रिकेटका खेल कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछन् । पौडी प्रतियोगिता नेपालगन्जमा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ भने टेनिसका खेल बर्दियामा हुनेछन् ।
त्यसैगरी, बक्सिङ प्रतियोगिता सुर्खेतको मुख्य कभर्डहलमा मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ । जिम्न्यास्टिकका खेल भने सुर्खेतस्थित मिनी कभर्डहलमा सञ्चालन हुनेछन् ।





















