images
images
  • राष्ट्रिय खेलकुदमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित

    काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो । खेलको २३औँ मिनेटमा आर्मीका जर्सी नम्बर २१ का भरत खवासले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनको गोलसँगै पहिलो हाफमा आर्मी १–० ले अघि रह्यो ।

    दोस्रो हाफमा पनि आर्मीले आक्रामक खेल जारी राख्यो। खेलको ५५औँ मिनेटमा जर्सी नम्बर १० का लाकेन लिम्बुले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । त्यसको नौ मिनेटपछि, ६४औँ मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नम्बर ४ का विकास राईबाट आत्मघाती गोल भएपछि आर्मीले ३–० को अग्रता बनायो । खेलको बाँकी समयमा लुम्बिनीले गोल फर्काउन नसकेपछि आर्मीले सहज जित दर्ता गर्‍यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images