images
images
  • एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं – कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । लगातार दोस्रो जितको खोजीमा रहेको नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रनेछ । नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

    प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो। आज पनि सोही लयलाई कायम राख्दै पाकिस्तानलाई हराउने नेपालको लक्ष्य छ ।

    यता पाकिस्तान ‘ए’ भने प्रतियोगितामा लगातार दुई जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ। उसले पहिलो खेलमा यूएई र दोस्रो खेलमा भारत ‘ए’ लाई पराजित गरेको थियो। पाकिस्तान आज पनि जित निकाल्दै समूह चरणमा अपराजित रहने योजनामा हुनेछ ।

    नेपाल र पाकिस्तान ‘ए’ बीच यसअघि सन् २०२३ को इमर्जिङ कपमा एकपटक प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल चार विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा समेटिएको थियो । पाकिस्तानले १८० रनको लक्ष्य ३२।५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

    त्यसैले आजको खेल नेपालका लागि तीन वर्षअघिको हारको बदला लिने अवसरसमेत हुनेछ । जारी प्रतियोगिताको समूह ‘बी’ मा नेपाल दुई अङ्कसहित तेस्रो स्थानमा छ भने पाकिस्तान ‘ए’ चार अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

    सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपालका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । पाकिस्तानविरुद्ध जित निकाल्न सके नेपालले समूह चरणको अन्तिम समीकरणमा आफ्नो स्थिति थप मजबुत बनाउन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images