काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । नियमित गस्ती तथा जाँचका क्रममा प्रहरीले उनीहरूलाई मङ्गलबार र बुधबार पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट १० जना, सुनसरीबाट सात जना, झापा र बाराबाट छ जना, इलामबाट एक जना, तनहुँबाट दुई जना र दाङबाट एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा र ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । केही अभियुक्तको साथबाट नगदसमेत बरामद गरिएको छ ।
पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















