काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, माछा तथा अन्य कृषिउपजको मूल्य निर्धारण गरिएको हो । मूल्यसूचीअनुसार गोलभेँडा ठूलो ९नेपाली र भारतीय० प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, टनेल र तराईको ६० रुपैयाँ कायम गरिएको छ । आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ र सेतो आलु ४० रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ९० रुपैयाँ, स्थानीय गाजर ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ रहेको छ ।
त्यस्तै, स्थानीय बन्दा प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, तराईको काउली ४० रुपैयाँ, रातो मूला र हाइब्रिड सेतो मूला ३० रुपैयाँ कायम गरिएको छ । लाम्चो भन्टा प्रतिकिलो ४० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, तने बोडी १०० रुपैयाँ र मकै बोडी ७० रुपैयाँ रहेको छ । अन्य तरकारीमा मटरकोसा प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमीका विभिन्न प्रकार १३० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका १०० रुपैयाँ, स्थानीय परबर १०० रुपैयाँ र तराईको परबर १३० रुपैयाँ तोकिएको छ । चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला १०० रुपैयाँ, झिगुनी ९० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ र भिण्डी १२० रुपैयाँ रहेको छ ।
सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला ६० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस २५ रुपैयाँ कायम गरिएको छ । सागसब्जीतर्फ रायो र तोरीको साग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो र चम्सुरको साग १५० रुपैयाँ, मेथीको साग १५० रुपैयाँ तथा हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । बकुला प्रतिकिलो १०० रुपैयाँ र तरुल ९० रुपैयाँ रहेको छ । च्याउको मूल्यमा पनि विभिन्नता देखिएको छ । कन्य च्याउ प्रतिकिलो ३५० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ कायम गरिएको छ । ब्रोकाउली प्रतिकिलो १३० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा १८० रुपैयाँ र जिरीको साग १५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले दुई हजार ८०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, पुदिना ७०० रुपैयाँ र गान्टे मूला १५० रुपैयाँ रहेको छ । इमली प्रतिकिलो १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ र रुख टमाटर १५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ । फलफूलतर्फ फुजी र जुम्लाको स्याउ प्रतिकिलो ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २५० रुपैयाँ तोकिएको छ । नेपाली र मालभोग केरा दर्जनको १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ, अनार ४०० रुपैयाँ र नेपाली तथा भारतीय सुन्तला १२० रुपैयाँ कायम गरिएको छ । हरियो तरबुजा प्रतिकिलो ८० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ र भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ रहेको छ ।
काँक्रो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, हाइब्रिड काँक्रो ४० रुपैयाँ र लोकलक्रस काँक्रो ९० रुपैयाँ तोकिएको छ । निबुवा प्रतिकिलो ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ रहेको छ । स्ट्रबेरी प्रतिकिलो ५०० रुपैयाँ, किबी ३५० रुपैयाँ, सरिफा ३०० रुपैयाँ, आभोकाडो ३५० रुपैयाँ र अमला ८० रुपैयाँ कायम गरिएको छ । नरिवल ९काँचो० प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल २०० रुपैयाँ तोकिएको छ । नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ तथा अदुवा १०० रुपैयाँ रहेको छ । सुकेको खुर्सानी प्रतिकिलो ५५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ८० रुपैयाँ, बुलेट खुर्सानी १०० रुपैयाँ, माछे खुर्सानी १२० रुपैयाँ र अकबरे खुर्सानी ३०० रुपैयाँ कायम गरिएको छ ।
भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ तथा चाइनिज र नेपाली सुकेको लसुन २६० रुपैयाँ तोकिएको छ । हरियो र सुकेको छ्यापी प्रतिकिलो २०० रुपैयाँ रहेको छ । समितिको मूल्यसूचीअनुसार सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा ३३० रुपैयाँ कायम गरिएको छ ।






















