images
images
  • धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा ७२ अर्बभन्दा बढीको आवेदन, ११९ कम्पनी निष्कासनको प्रतिक्षामा

    काठमाडाैं । नेपाल धितोपत्र बोर्डको नियमन विभागले तयार पारेको विवरण अनुसार आर्थिक वर्ष २०८३/८४ को मिति २०८३/०८/०९ सम्ममा कुल ११९ वटा कम्पनीहरू प्राथमिक शेयर निष्कासनको विभिन्न प्रशासनिक चरणमा रहेका छन् ।

    बोर्डमा आवेदन दिएका यी कम्पनीहरूले कुल ५१ करोड ७३ लाख ९३ हजार ५४६ कित्ता शेयर निष्कासन गरी ७२ अर्ब १ करोड ९७ लाख २३ हजार ४९६ रुपैयाँ बराबरको पूँजी सङ्कलन गर्ने लक्ष्य राखेका छन् ।

    बोर्डका अनुसार सबैभन्दा धेरै कम्पनीहरू आवेदन दर्ताको पहिलो चरणमा रहेका छन्। आवेदन प्राप्त भएको यस पहिलो चरणमा ७९ वटा कम्पनीहरू रहेका छन्, जसले ४१ अर्ब ३२ करोड १४ लाख ७० हजार ६९६ रुपैयाँ बराबरको २८ करोड ८९ लाख ६२ हजार ३९३ कित्ता शेयर निष्कासनका लागि निवेदन दिएका हुन् ।

    त्यस्तै, बोर्डको प्रारम्भिक समीक्षाको क्रममा दोस्रो चरणमा ६ वटा कम्पनीहरू रहेका छन्, जसको १ अर्ब ५४ करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख १५ हजार ४८० कित्ता शेयर अध्ययनको प्रक्रियामा रहेको छ ।

    नियामक निकाय धितोपत्र बोर्डले प्रारम्भिक अध्ययन पश्चात् टिप्पणी पठाएको तेस्रो चरणमा ४ वटा कम्पनीहरू रहेका छन्, जसको निष्कासन रकम ३ अर्ब ९५ करोड ७० लाख ८५ हजार ७ सय रुपैयाँ र शेयर संख्या ३ करोड ९५ लाख ७० हजार ८५७ कित्ता रहेको छ ।

    त्यसैगरी, बोर्डले सोधेका प्रश्न तथा टिप्पणीको जवाफ पेस गरिसकेको चौथो चरणमा २० वटा कम्पनीहरू समावेश छन् । यी कम्पनीहरूले २० अर्ब ९ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको १२ करोड ८ लाख ७८ हजार ५९५ कित्ता शेयर निष्कासनका लागि प्रक्रिया अघि बढाएका छन् ।

    अन्तिम तथा पाँचौँ चरणमा कम्पनीहरूले पठाएको जवाफ बोर्डको समीक्षाको क्रममा रहेको छ, जसमा १० वटा कम्पनीहरू परेका छन् ।

    यस चरणमा रहेका कम्पनीहरूले ५ अर्ब १९ करोड ४ लाख ७० हजार १ सय रुपैयाँ बराबरको ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता शेयर निष्कासनको स्वीकृतिका लागि पर्खिरहेका छन् ।

    बोर्डको यस पाइपलाइनमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लगानी र माइक्रो इन्स्योरेन्स जस्ता विविध क्षेत्रका कम्पनीहरू संलग्न रहेका छन्, जसले अङ्कित मूल्य, प्रिमियम तथा बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images