काठमाडौं – आज प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८३ अंक बढेर २६४३.७९ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन मंगलबार १५.३९ अंक बढेर २६३८.९५ विन्दुमा बन्द भएको नेप्से बुधबार प्रि–ओपन सेसनमा थप बढेको हो । यस सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.४४ अंक बढेको छ ।
बुधबार प्रि–ओपन सेसनमा ६९ वटा स्टकको ११६ पटक कारोबार भएको छ । उक्त कारोबारमा २ लाख ४३ हजार ४३९ कित्ता सेयर ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबार भएका स्टकमध्ये २९ वटाको मूल्य बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी ११ स्टकको मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्





















