images
images
  • नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    काठमाडौं–  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ मा पुगेको छ ।

    त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२ दशमलव ७७ मा पुगेको छ ।

    त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले घटेर १६१  दशमलव ७६ मा पुगेको छ ।

    आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर रु चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मूल्यमा खरिद बिक्री भएको छ ।

    तेह्र उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह बढेको छ ।

    आज ८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो ।

    त्यसैगरी नौ कम्पनीको सेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, एपोलो हाइड्रो पावर लगायतका लगानीकर्ताले कमाएका छन् ।

    त्यसैगरी एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images