काठमाडौं – साताको पहिलो कारोबार दिन मंगलबार सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ८.८३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ६.३२ अंक घटेर २६४८.८९ विन्दुमा बन्द भएको नेप्से यस दिन प्रि–ओपन सेसनमा २६४०.०६ विन्दुमा झरेको हो ।
यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि १.१६ अंकले घटेको छ ।
मंगलबारको प्रि–ओपन सेसनमा ९५ वटा स्टकको २२४ पटक कारोबार भएको छ । उक्त कारोबारमा १६ हजार ६४४ कित्ता सेयर खरिदबिक्री हुँदा ७८ लाख ३ हजार ३७७ रुपैयाँबराबरको कारोबार भएको छ ।
कारोबार भएका स्टकमध्ये २२ वटाको मूल्य बढेको छ भने ४३ वटाको मूल्य घटेको छ । बाँकी ३० वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्




















