images
images
  • प्रि–ओपन सेसनमा नेप्से ०.७५ अंक घट्यो, ५० स्टकको कारोबार

    काठमाडौं – साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । यस सेसनमा नेप्से परिसूचक ०.७५ अंक घटेर २ हजार ६२४.२९ विन्दुमा झरेको हो ।

    अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ११.०५ अंक घटेर २ हजार ६२५.०५ विन्दुमा बन्द भएको थियो । बुधबारको बन्द विन्दुबाट बिहीबार प्रि–ओपन सेसनमा बजार थप सामान्य अंकले ओरालो लागेको हो । यस अवधिमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंकले बढेको छ ।

    बिहीबारको प्रि–ओपन सेसनमा ५० वटा स्टकको कारोबार भएको छ । उक्त अवधिमा १०१ पटकको कारोबारमार्फत ४३ हजार ४१७ कित्ता सेयर खरिदबिक्री भएको छ । यसबाट २ करोड ७७ लाख ३ हजार ६९१ रुपैयाँ ५० पैसाको कारोबार भएको छ ।

    कारोबारमा आएका स्टकमध्ये १३ वटाको मूल्य बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी १० वटा स्टकको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images