images
images
  • नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ ।

    त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव २० मा पुगेको छ ।

    त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१ दशमलव ४२मा पुगेको छ ।

    आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर रु चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मूल्यमा खरिद बिक्री भएको छ ।

    १३ उपसमूहमध्ये ११ उपसमूह घट्यो भने दुई उपसमूह बढेको छ ।

    ६९ कम्पनीको सेयर बढ्यो भने २०० कम्पनीको सेयर घटेको छ ।

    त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सवल योजना र लिवर्टी इनर्जी कम्पनीलगायतका लगानीकर्ताले आम्दानी गरेका छन् ।

    त्यसैगरी एभरेष्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images