images
images
  • प्रि–ओपन सेसनमा नेप्से २.२२ अंक घट्यो, २६३३.८८ विन्दुमा झर्‍यो

    काठमाडौं – साताको दोस्रो कारोबार दिन बुधबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२२ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २६३३.८८ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक १२.७९ अंक घटेर २६३६.१० विन्दुमा बन्द भएको थियो । बुधबारको प्रि–ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंक घटेको छ ।

    बुधबार प्रि–ओपन सेसनमा ४९ वटा स्टकको ८३ पटक कारोबार भएको छ । उक्त कारोबारमा कुल १४ लाख ५५ हजार ४७३ रुपैयाँ ४० पैसा बराबरका २ हजार ३६४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

    कारोबार भएका स्टकमध्ये १४ वटाको मूल्य बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी १२ वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images