images
images
  • वाणिज्य बैंकहरूको कुल पुँजीकोष ७ खर्ब ९६ अर्ब नाघ्यो, नबिल बैंक अग्रस्थानमा

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे असोजसम्मको वित्तीय तथ्याङ्क अनुसार नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कुल पुँजीकोष ७ खर्ब ९६ अर्ब ३२ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पुँजी जोखिम भारित सम्पत्तिको ९.४४ प्रतिशत र कुल पुँजीकोष १२.१९ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको कुल पुँजीकोषको संरचना हेर्दा चुक्ता पुँजी ४ खर्ब १७ अर्ब २२ करोड ३० लाख रुपैयाँ, वैधानिक जगेडा कोष १ खर्ब ७० अर्ब १ करोड ९० लाख रुपैयाँ, सञ्चित नोक्सानी ऋणात्मक १८ अर्ब १२ करोड १० लाख रुपैयाँ र अन्य जगेडा कोष २ खर्ब २७ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेको छ ।

    पुँजीकोषको आकारका हिसाबले निजी क्षेत्रको नबिल बैंक लिमिटेड ७१ अर्ब ४५ करोड १६ लाख रुपैयाँ पुँजीकोषसहित सबैभन्दा अग्रस्थानमा रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६७ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ पुँजीकोषसहित दोस्रो स्थानमा छ भने ग्लोबल आईएमई बैंक ६७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ पुँजीकोषसहित तेस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ५६ अर्ब ८ करोड ७८ लाख रुपैयाँ पुँजीकोषसहित चौथो स्थानमा र लक्ष्मी सनराइज बैंक ४७ अर्ब १ करोड ५९ लाख रुपैयाँसहित पाँचौँ स्थानमा रहेका छन् ।

    अन्य बैंकहरूमा कुमारी बैंकको पुँजीकोष ४५ अर्ब १८ करोड ९० लाख रुपैयाँ र सरकारी स्वामित्वको नेपाल बैंकको पुँजीकोष ४३ अर्ब ३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै हिमालयन बैंकको पुँजीकोष ३९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ, कृषि विकास बैंकको ३८ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ, एनएमबि बैंकको ३७ अर्ब ९० करोड ४३ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको ३६ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

    यसैगरी सिद्धार्थ बैंकको पुँजीकोष ३५ अर्ब १३ करोड २२ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ र प्रभु बैंकको पुँजीकोष ३३ अर्ब २१ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।

    पुँजीकोषको परिमाणका आधारमा मध्यम तथा साना श्रेणीमा रहेका बैंकहरूमध्ये सानिमा बैंकको पुँजीकोष २६ अर्ब १४ करोड ७२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २५ अर्ब ५१ करोड ३ लाख रुपैयाँ र सिटिजन्स बैंक इन्टरनेसनलको २४ अर्ब ९१ करोड १७ लाख रुपैयाँ रहेको छ ।

    त्यसैगरी माछापुच्छ्रे बैंकको पुँजीकोष २२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको २२ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको पुँजीकोष २२ अर्ब ८ करोड ८ लाख रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images