images
images
  • नबिल ग्रोथ फन्डको ८ करोड ५० लाख इकाइ बिक्री खुला

    काठमाडौं – नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फन्डको इकाइ सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। फन्डले प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

    नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक र नबिल बैंक कोष प्रवर्द्धक रहेको यस फन्डको कुल आकार १० करोड इकाइ छ । कुल इकाइमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाइ बीज पुँजीका रूपमा सुरक्षित गरिएको छ ।

    सुरक्षित इकाइमध्ये नबिल बैंकका लागि १४ प्रतिशत अर्थात् एक करोड ४० लाख र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि एक प्रतिशत अर्थात् १० लाख इकाइ छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको हो।

    फन्डमा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाइदेखि अधिकतम एक करोड इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम एक हजार रुपैयाँ लगानी गरेर आवेदन दिन सकिनेछ।

    इकाइ खरिदका लागि आजदेखि मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि बढाएर मंसिर २३ गतेसम्म कायम गरिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images