काठमाडौं– राष्ट्रियस्तरका विकास बैंकहरूले मंसिरका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
नयाँ ब्याजदर अनुसार लुम्बिनी विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ४.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । गरिमा विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंकले सबैभन्दा कम ४.०६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
समग्रमा, ८ विकास बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१८८८ प्रतिशत रहेको छ ।
लुम्बिनी विकास बैंकपछि महालक्ष्मी विकास बैंकले ४.३० प्रतिशत ब्याजदर दिने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ४.२८ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् । त्यस्तै, मुक्तिनाथ विकास बैंकले ४.१० प्रतिशत ब्याजदर तोकेको छ । गरिमा विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंकले ४.०६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
| बैंक | अवधि | ब्याजदर |
|---|---|---|
| लुम्बिनी विकास बैंक | ५ वर्षभन्दा बढी | ४.५०% |
| महालक्ष्मी विकास बैंक | ५ वर्ष वा सोभन्दा बढी | ४.३०% |
| सांग्रिला डेभलपमेन्ट बैंक | ५ वर्षभन्दा बढी | ४.२८% |
| शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक | ५ वर्ष वा सोभन्दा बढी | ४.१५% |
| मुक्तिनाथ विकास बैंक | ५ देखि १० वर्षसम्म | ४.१०% |
| गरिमा विकास बैंक | ५ वर्ष वा सोभन्दा बढी | ४.०६% |
| ज्योति विकास बैंक | ५ वर्ष वा सोभन्दा बढी | ४.०६% |
| कामना सेवा विकास बैंक | ५ वर्ष वा सोभन्दा बढी | ४.०६% |
थप घट्यो बैंकमा मुद्दतीतर्फको ब्याजदर, औसत ब्याजदर ४ प्रतिशत तल






















