काठमाडौं– नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्टस प्रालि मार्फत मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ अब नेपाली बजारमा उपलब्ध भएको छ ।
यस प्रिमियम टायर सिरिजले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनका लागि अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्ने थप अवसर प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा आफ्नो गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनले नेपाली अटोमोबाइल बजारमा आफ्नो प्रिमियम टायर सिरिज प्राइमसी ५ उपलब्ध गराएको हो ।
सिप्रदी अटो पार्टसमार्फत नेपाली उपभोक्ताले अब आफ्नो सवारीसाधनको आवश्यकता र उपयुक्तताअनुसार मिशेलिनको यस प्रिमियम टायर सिरिज छनोट तथा खरिद गर्न सक्नेछन् ।
मिशेलिन प्राइमसी ५ आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्रिमियम टायर सिरिज हो । बदलिँदो अटोमोबाइल बजार र उपभोक्ताको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै उपलब्ध गराइएको यस सिरिजले सवारीसाधनका लागि गुणस्तरीय टायर छनोट गर्न चाहने ग्राहकलाई थप विकल्प प्रदान गर्नेछ ।
विश्वव्यापी रूपमा टायर उत्पादन तथा प्रविधिमा लामो अनुभव बोकेको मिशेलिनको उत्पादन नेपाली बजारमा उपलब्ध हुनु प्रिमियम टायर प्रयोगकर्ताका लागि महत्वपूर्ण अवसरका रूपमा रहेको छ ।
नेपालमा मिशेलिन प्राइमसी ५ विभिन्न पाँच साइजमा उपलब्ध हुनेछ । यसअन्तर्गत १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ साइज रहेका छन् । यी साइजहरू नेपाली बजारमा प्रचलित विभिन्न ब्रान्डका प्यासेन्जर कार तथा एसयूभी मोडललाई लक्षित गरी उपलब्ध गराइएका हुन् ।
उपलब्ध साइजअनुसार २१५/६० आर१७ हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त छ । त्यसैगरी, २०५/६० आर१६ साइज हुन्डाई तथा किया ओल्ड सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ भने २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा तथा किया सेल्टोसका लागि उपलब्ध हुनेछ ।
१९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोलगायतका सवारीसाधनका लागि उपलब्ध हुनेछ । त्यस्तै, २१५/६० आर१६ साइज हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि उपलब्ध हुनेछ ।
सिप्रदी अटोपार्टसले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्ड तथा गुणस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ । मिशेलिनजस्तो विश्वप्रसिद्ध ब्रान्डको प्राइमसी ५ सिरिज नेपाली बजारमा भित्र्याउनु पनि उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका उत्पादनसम्म पहुँच विस्तार गर्ने सोही प्रतिबद्धताको निरन्तरता हो ।
यसले आफ्नो सवारीसाधनका लागि प्रिमियम टायर खोजिरहेका नेपाली ग्राहकलाई थप छनोटको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । मिशेलिन प्राइमसी ५ अब सिप्रदी अटोपार्टसमार्फत नेपालमा उपलब्ध भएसँगै ग्राहकले आफ्नो सवारीसाधनअनुसार आवश्यक टायर साइज, उपलब्धता तथा खरिदसम्बन्धी थप जानकारी सिप्रदी अटोपार्टससँग प्राप्त गर्न सक्नेछन् ।






















