images
images
  • नेपाल एसबिआई बैंकले बोलायो ३३औँ साधारण सभा

    काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ३३औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मंसिर २९ गते मंगलबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा आयोजना गर्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकको हाल कायम चुक्ता पुँजीको ३.४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ४.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ ।

    त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । यसका लागि आवश्यकताअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गरिने बैंकले जनाएको छ । सभाले स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी जानकारी लिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १७ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । यसअनुसार मंसिर १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images