images
images
  • भदौमा हुने भनिएको कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

    काठमाडौं- नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन २०८३ भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने गरी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ।

    पार्टीको नयाँ नेतृत्व चयनका लागि तल्लो तहदेखि नै चुनावी प्रक्रिया सुरु हुने गरी यो तालिका प्रस्ताव गरिएको हो।

    सभापति गगन थापाद्वारा मंगलबारको केन्द्रीय समिति बैठकमा प्रस्तावित तालिका अनुसार महाधिवेशनको प्रारम्भिक तयारीका रूपमा क्रियाशील सदस्यता वितरण र नवीकरणको विशेष अभियान चैत २१ गतेदेखि सुरु हुनेछ।

    यस प्रक्रियालाई २०८३ असार मसान्तभित्र टुङ्ग्याएर निर्वाचन समितिलाई नामावली बुझाउने लक्ष्य राखिएको छ।

    त्यसपछि साउन ६ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैसाथ अधिवेशन सुरु हुने थापाले बताए ।

    तल्लो तहको अधिवेशनको निरन्तरता स्वरूप साउन १२ गते गाउँ९नगरपालिका, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ।

    भदौ महिनामा प्रवेश गरेसँगै भदौ ६ र ७ गते जिल्ला अधिवेशन तथा भदौ १५ र १६ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गरिनेछ।

    यी सबै तहका अधिवेशनहरू सम्पन्न भएपछि अन्तिम चरणमा भदौ २४, २५ र २६ गते काठमाडौंमा भव्य रूपमा केन्द्रीय महाधिवेशन आयोजना गरिने थापाको प्रस्ताव छ।

    यस्तो प्रस्तावित कार्यतालिका

    Screenshot 2026 03 24 063722

    Screenshot 2026 03 24 063800222222

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images