images
images
  • इरानको नयाँ सुरक्षा प्रमुखमा मोहम्मद बागेर जोल्घादर नियुक्त

    काठमाडौं- अली लारिजानीको मृत्युपछि इरानले नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको छ ।

    मोहम्मद बागेर जोल्घादरलाई सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को नयाँ सचिव नियुक्त गरिएको हो ।

    बीबीसी फारसीका अनुसार राष्ट्रपति कार्यालयका सञ्चार तथा सूचना उपप्रमुख सय्यद मोहम्मद मेहदी तबताबाईले एक्समार्फत नयाँ सुरक्षा प्रमुख नियुक्तिको पुष्टि गरेका छन् ।

    ‘इरानका सर्वोच्च नेताको राय र अनुमोदनमा’ यस्तो निर्णय गरिएको उनले लेखेका छन् ।

    जोल्घादरले अब १६ मार्चमा इजरायली आक्रमणमा मारिएका अली लारिजानीको स्थान लिनेछन् ।

    ब्रिगेडियर जनरल जोल्घादर क्रान्तिकारी गार्डका कमान्डरहरू मध्ये एक थिए ।

    उनी रमजान ओभरसिज बेसका संस्थापकहरू मध्ये एक थिए, जुन पछि कुड्स फोर्स (आईआरजीसीको विदेशी शाखा) को आधार बन्यो ।

    जोल्गादरले आठ वर्षसम्म आईआरजीसी संयुक्त कर्मचारीको प्रमुख र आठ वर्षसम्म इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको उपकमान्डर-इनचीफको रूपमा सेवा गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images