images
images
  • नेताको घरमा जलेको पैसाको छानबिन हुनुपर्छ : सभापति गगन थापा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले नेताहरुको घरमा भेटिएको जलेको पैसाको बारेमा छलफल हुनुपर्ने बताएका छन्।

    मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताएका हुन्।

    गिरीबन्धु, ललितानिवास, वाइडवडीजस्ता विभिन्न काण्डहरु सार्वजनिक खपतको विषय मात्रै बनेकोमा थापाले असन्तुष्टि राखे ।

    यस्ता सबै खाले काण्डको कानुनसम्मत ढंगले अनुसन्धान गरेर दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने उनले प्रष्ट पारे।

    उनले भने, ‘गिरीबन्धु, ललितानिवास, वाइडवडी जहाज वा भदौ २४ गते नेताको घरमा भेटिएको जलेको पैसा होस्। यी सबै विषयका सम्बन्धमा अनुसन्धान हुनुपर्छ कानुनसम्मत ढंगले । गलत काम भएका छन् भने दण्ड सजायको भागीदार हुनुपर्छ।’

    सार्वजनिक ओहोदामा बस्नेहरुले पदको दुरुपयोग गरेको काण्डहरुमा जोडिएको उल्लेख गर्दै थापाले भने, ‘यी काण्डहरू अब केवल सार्वजनिक खपतको विषय हुनु हुँदैन। आरोप प्रत्यारोपको विषय पनि हुनु हुँदैन। यो दूधको दूध पानीको पानी हुनुपर्छ। कुनै पार्टी अथवा अमुक कसैले यसको भारी बोक्ने पनि होइन। जसले गरेको छ त्यसले भारी बोक्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images