images
images
  • देउवा समूहका तीन प्रदेश सभापति कार्यसमिति बैठकमा उपस्थित भए

    काठमाडौं- विशेष महाधिवेशनको विरोधमा वक्तव्य निकाल्ने नेपाली कांग्रेसका तीन प्रदेश सभापति वर्तमान कार्यसमिति बैठकमा उपस्थित भएका छन् ।

    विशेष महाधिवेशनको विपक्षमा वक्तव्य निकालेका कोशी प्रदेशका सभापति उद्धव थापा, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र मधेस प्रदेशका सभापति कृष्ण यादव जारी केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् ।

    बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश सभापति यादव बहालवाला मुख्यमन्त्री पनि हुन् ।

    विशेष महाधिवेशनको बेलामा नै गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कित्ता क्लियर गरेका थिए ।

    कोशी प्रदेशका सभापति थापा शुक्रबार र आइतबार उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकमा सहभागी भएर धारणा राखेका थिए ।

    बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश सभापति यादव मंगलबारदेखि सुरु भएको बैठकमा सहभागी छन् ।

    बैठकमा कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर भने उपस्थित भएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images