images
images
  • रविको जेलब्रेक अभियोगसहितका अन्य मुद्दा फिर्ता लिन खोज्नु बदनीयतपूर्ण : वरिष्ठ अधिवक्ता भण्डारी

    काठमाडौं – रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

    सुनुवाइमा बहस गर्दै रिट निवेदक वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले महान्यायाधिवक्ताले मुद्दा अभियोजन गर्न सक्ने भए पनि फिर्ता लिन नहुने बताए।

    उनका अनुसार, अदालतको क्षेत्राधिकारमा प्रवेश गरिसकेको विषयमा महान्यायाधिवक्ताले हस्तक्षेप गर्नु अनावश्यक र असंगत हुन्छ।

    उनले भने, “एउटा महान्यायाधिवक्ताले अनुसन्धान गरेर पुरक अभियोग दर्ता गरेको अवस्थामा अर्को महान्यायाधिवक्ताले त्यसलाई फिर्ता लिन सक्दैन। जेलब्रेकको अभियोगमा मुद्दा चलाउनुपर्ने व्यक्तिका अन्य मुद्दा पनि फिर्ता लिन खोज्नु बदनीयतपूर्ण देखिन्छ।”

    भण्डारीले राजनीतिक प्रतिशोधको आरोप पनि नलगाइनुपर्ने कुरा औँल्याए।

    उनले थपे, “भोलि अदालतकै आदेश अनुसार प्रतिशोध भनिँदैन भन्ने के ग्यारेन्टी ? यदि मुद्दा फिर्ता लिने निर्णय लागु भयो भने, अदालतको क्षेत्राधिकारमा महान्यायाधिवक्ताको हस्तक्षेप ठहर्छ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images