images
images
  • पिए हटाएर सांसदहरूलाई लाखौँ तलब खाने रिसर्चरको व्यवस्था गर्दै रास्वपा

    काठमाडौं– नवनिर्वाचित सांसदहरूले संसद् प्रवेश गर्दा पूर्व सांसदहरू जस्तो ‘स्वकीय सचिव’ सुविधा पाउने छैनन् ।

    सुशीला कार्की नेतृत्वको सरकारले मितव्ययिता नीति अन्तर्गत असोज ५ गते संघीय संसद् र प्रदेश सभाका सांसदहरूको पिए सुविधा खारेज गरेको थियो ।

    त्यसपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख–उपसभामुखबाहेकका सांसदहरूले स्वकीय सचिवको सुविधा पाउन छोडेका छन् ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सुविधा उपलब्ध नगराइएको पुष्टि गरे ।

    नवनिर्वाचित सांसदहरू भने यस निर्णय पुनर्विचार गरिनुपर्ने माग गर्दै आएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘स्वकीय सचिव’ नभई ‘रिसर्चर’ राख्ने सुझाव दिएका छन् ।

    उनीहरूको सेवा सुविधा उपसचिव सरह हुने व्यवस्था पनि गर्ने तयारी गरेको छ ।

    नेकपा (एमाले)का सांसद गुरु बरालले पनि नीति निर्माण र अनुसन्धानका लागि सहयोगी आवश्यक रहेको बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भने सुविधा कटौती एकपक्षीय नहुने र राष्ट्रपतिदेखि स्थानीय पदाधिकारीसम्म सबैको सुविधामा समन्वयात्मक कटौती हुनुपर्ने माग राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images