काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।
पार्टी सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन लागेका छन् ।
यसअघि गत शुक्रबारदेखि सुरु भएको बैठकमा उनी अनुपस्थित थिए ।
आइतबार सम्पन्न बैठकले सभापति थापाले पेश गरेको राजीनामा अस्वीकार गरेको थियो ।
निर्वाचनमा पार्टीले बेहोरेको कमजोर नतिजापछि उनले दिएको राजीनामा अस्वीकृत भएपछि थापाले पुनः कार्यसमिति बैठक बोलाएका हुन् ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टीको १५औँ महाधिवेशनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























