images
images
  • ओली–लेखक–खापुङलाई १० वर्ष कैद सजाय तोकिएको प्रतिवेदन सार्जजिक गर्ने तयारीमा सरकार

    काठमाडौं– सरकारले गोरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।

    उक्त प्रतिवेदनमा केपी शर्मा ओली, रमेश लेखक र चन्द्रकुवेर खापुङ माथि फौजदारी अनुसन्धान सिफारिस गर्दै १०–१० वर्ष कैदको प्रस्ताव गरिएको बताइएको छ ।

    प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्ने विषयमा मन्त्रीहरूसँग आन्तरिक छलफलमा छिन् र ‘आज–भोलिमै’ सार्वजनिक हुन सक्ने स्रोतको दाबी छ ।

    जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगले अन्य सुरक्षा अधिकारीहरूमाथि पनि कारबाही सिफारिस गरेको छ ।

    प्रतिवेदन सार्वजनिक गर्न दबाब बढिरहेका बेला सरकारले नयाँ सरकार गठनअघि नै यसलाई सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images