काठमाडौं– मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।
सोमबार उल्लेख्य रूपमा घटेको ब्रेन्ट क्रुडको मूल्य मंगलबार पुनः बढेर प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको छ ।
मंगलबार बिहान एशियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब ३.७५ प्रतिशतले वृद्धि हुँदै १०३.६९ अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ ।
यसअघि सोमबार भने यसको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि केही दिनसम्म आक्रमण नगर्ने र छिट्टै शान्ति सम्झौता हुन सक्ने संकेत दिएपछि तेलको मूल्य घटेको थियो ।
तर, इरानले ट्रम्पको उक्त दाबी अस्वीकार गरेपछि बजारमा पुनः अनिश्चितता बढेको छ र त्यसको असर तेलको मूल्यमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















