images
images
  • कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

    काठमाडौं — कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा ६६ जनाको मृत्यु भएको छ ।

    अधिकारीहरूका अनुसार दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको हो ।

    बीबीसीका अनुसार दुर्घटनामा दर्जनौं मानिस घाइते भएका छन् ।

    वायुसेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाका अनुसार विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए ।

    दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस हो, जसलाई मुख्यतः सैनिक ढुवानीका लागि प्रयोग गरिन्छ ।

    विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

    घटनास्थलमा पुगेका उद्धारकर्मीहरू भग्नावशेषबाट जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन् ।

    कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले यो घटनालाई अत्यन्तै दुःखद भन्दै उडानकै क्रममा आगलागी भएको र त्यसपछि विमानमा रहेका गोला–बारूद विस्फोट हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

    पेरू सीमाना नजिक भएको यो दुर्घटनालाई कोलम्बियाका लागि ठूलो क्षतिको रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images