images
images
  • डोटीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    काठमाडौं- डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।

    दुर्घटना राति करिब रााढे १२ बजे भएको हो ।

    प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

    गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

    मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ ।

    मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images