काठमाडौं- पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान पोखरा महानगरपालिका-८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर विकको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























