काठमाडौं– १० वर्षअघि जर्ज सुआरेजले १३ हजारभन्दा बढी लडाकुहरूसहित कोलम्बिया सरकारसँग सम्झौता गरेका थिए । दक्षिण अमेरिकाको सबैभन्दा ठुलो विद्रोही समूह हो रेभुलेसनरी आर्मड फोर्स अफ कोलम्बिया । यसअघि सुआरेजले यो सम्झौता लागु हुने अपेक्षा कहिल्यैपनि गरेका थिएनन् । विद्रोही क्याम्पमा हुर्किएका उनी १ वर्षको उमेरदेखि आन्दोलनमा सक्रिय थिए ।
सन् २०१६ नोभेम्बर २४ मा उनले सम्झौता गरेका थिए । यसपछि नै कोलम्बियाको सत्ता मूल सेनामा समाहित भएको हो । यो ऐतिहासिक सम्झौताअघि चार वर्षको समझदारी प्रयास भएको थियो । यस सहमति र सम्झौताका लागि सो समयमा राष्ट्रपति हुवाँ मानुएल सान्टोसले शान्तितर्फको नोबेल पुरस्कार पाएका थिए ।
कोलम्बियामा दशक लामो सशस्त्र युद्ध भएको थियो । सैन्य समूहले लगातार विद्रोह मच्चाइरहेको थियो । अवैध खानी उत्खनन् र कोकिनको व्यापार पनि सोही समयमा बढेको थियो । अहिले कोलम्बिया फेरि खराब बाटोमा गएको छ । निर्वाचित अति दक्षिणपन्थी राष्ट्रपति अबेलार्डो डे ला एस्पारिलाले सबै समस्याको समाधान युद्धलाई प्रशय दिएर नै हुन्छ भन्ने सोचेका छन् । यसकारण नै त्यहाँ शान्तिवार्ता हुने सम्भावना कम छ ।
१० वर्षपछि यस युद्ध र सहमतिको आधार तथा यसमा तय भएका विषयहरूमा छलफल भएको थियो । यसअघि यस गृहयुद्धका कारण धेरै जनाको ज्यान गएको थियो । सन् १९८५ देखि सुरु भएको सो युद्ध सन् २०१८ सम्म लम्बिएको भए ४ लाख ५० हजारसम्मको ज्यान जान सक्ने अवस्था थियो । यसरी मारिनेमध्ये ८० प्रतिशत सामान्य नागरिक थिए ।
यस युद्धको समयमा गैरन्यायिक गतिविधि सबैभन्दा धेरै राज्य निकट सेनाले गरेको थियो । त्यस समयको सशस्त्र समूह एफएआरसीको समायोजनपछि पनि कोलम्बियामा यस किसिमका युद्ध र अशान्ति अझ धेरै भए । त्यहाँको अर्थतन्त्रमा पनि धेरै नै असर गरेको थियो ।
एफएआरसीबाट छुट्टिएर बनेको समूह र नेशनल लिबरसेन आर्मी (इएलएन)को समूह अझै बलियो थियो । यसको सैन्य सङ्ख्या दिन प्रतिदिन बढेको बढेयै थियो । यसको असर कोलम्बियाले अझै व्यहोरेको छ ।
यस समयमा भएको सम्झौतामा केही कुरा चुकेको थियो । लैङ्गिक समानताका विषय र आदिवासीको हकको विषयमा केही कुरा सहमतिमा चुकेको थियो । यसैकारण यस समयमा अप्ठेरो देखिएको छ । सन् २०१८ मा दक्षिणपन्थी इभान डुकले सान्टोसलाई प्रतिस्थापन गर्दै राष्ट्रपति कार्यालयमा प्रवेश गरेका थिए ।
डुकको कार्यकालपछि कुनै समय आफैं लडाकु रहेका गुस्ताभो पेड्रो कोलम्बियाको राष्ट्रपति भएका थिए । सन् २०१६ मा भएको सहमतिको विषयमा सम्झौतामा सहभागी डेला काला यस समयमा सम्झौता नभए अझ खराब अवस्था आउन सक्ने अवस्था थियो ।
उनको विचारमा त्यस समयमा भएको सम्झौता कोलम्बियाको प्रजातान्त्रिक इतिहासको आधार हो । डेला काला सन् २०१६ को सम्झौताको कार्यान्वयन गर्न सबै सहमत हुनुपर्ने विषयमा सचेत रहेका थिए । अहिले दक्षिणपन्थी सत्ता छ । सत्ताले त्यस समयमा भएको सहमति मानिरहेको छैन । देशमा विद्रोहको आगो दन्किरहेको छ ।
संसारमा पपुलिजम र दक्षिणपन्थीका कारण राजनीतिले युद्धलाई प्रेरित गरेको छ । धेरै देशमा सत्ताले दमन र थिचोमिचोको नीति लिएका कारण विद्रोह फैलिएको छ । अन्य देशमा भएको युद्धमा पनि अति दक्षिणपन्थी सत्ताको भूमिका आश्चर्यजनक छ ।
यसको उदाहरण हङ्गेरीमा केही समयअघि निर्वाचनमा पराजयको सामना गरेका भिक्टर उर्बानको पनि हो । भिक्टर उर्बानको उदय सन् २०१० बाट भएको हो । पपुलिस्ट उनी राष्ट्रिय कन्जरभेटिभबाट निर्वाचित भएका थिए । यसै वर्षको अप्रिलमा भएको निर्वाचनमा पराजित भएपछि भने उनी अहिले विपक्षी भूमिकामा छन् ।
उनको कार्यकाल अध्यागमन नीतिमा कठोर, असमान र अतिवादी सोचका कारण आलोचित थियो । रुस र युक्रेनबीचको लडाइँमा भने उनको भूमिका आश्चर्यको थियो । उनको राजनीतिक जीवनको सुरुवात भने लिबरल राजनीतिबाट भएको थियो ।
यसो त अति दक्षिणपन्थी नेताको शासन रहेको देश इजरायल पनि हो । इजरायलमा पनि दक्षिणपन्थी सत्ताले गाजामा नरसंहार गरेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि यसको विरुद्धमा इजरायलले गरेको आक्रमण हमास लडाकुविरुद्धमा मात्र सीमित छैन । इजरायलको आक्रमणले गाजामा गरेको नरसंहार अहिले जारी नै छ । यसबीचमा ७५ हजारको ज्यान गइसकेको छ । गाजामा २१ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाएको तथ्याङ्क छ ।
अहिले युरोपमा नै दक्षिणपन्थी राजनीतिको लहर छ । धेरै देशमा दक्षिणपन्थीहरूको सत्ता गुम्ने क्रम पनि छ । अहिले संसारमा विद्यामान दक्षिणपन्थीको रूपमा परिचित सत्तामध्ये टर्किए पनि एउटा हो । टर्किएमा अहिले रिक्याप रैयप आर्डोगान राष्ट्रपति छन् । उनको कार्यकाल सन् २०२८ मेसम्म छ । उनी पनि पपुलिस्ट नेताको रूपमा परिचित छन् ।
मध्यपूर्व, बल्कान र अरब क्षेत्रमा समेत आफ्नो प्रभाव जमाउन उनको भिन्न नीति छ । उनी पनि उदार राजनीतिज्ञको रूपमा परिचित छैनन् । अहिलेको भूराजनीतिमा उनीसहित उदाएका दक्षिणपन्थी र अनुदारका कारण धेरै देशमा आन्तरिक समस्या बढेको छ । यसको एउटा उदाहरण कोलम्बिया पनि हो ।
-अल जजिरा, सरफन सेन्टरलगायतको सहयोगमा


मनोज घिमिरे 



















