images
images
  • १५ औं महाधिवेशन भदौमा बोलाउने कांग्रेसको तयारी

    काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरिएको छ ।

    केन्द्रीय समितिको मंगलबार बस्ने बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा छलफल हुने नेताहरुले जानकारी गराएका छन् ।

    सभापति गगन थापा चुनावपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् ।

    उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो ।

    सभापति थापाले अध्यक्षता गर्ने मंगलबारको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने एक केन्द्रीय सदस्यले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images