images
images
  • कपिलवस्तुमा तीन दिनदेखिको निषेधाज्ञा अझै कायम, ३ जना पक्राउ

    काठमाडौं- कपिलवस्तुमा लगाइएको निषेधाज्ञा तीन दिन बित्दा पनि जारी छ ।

    कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले ७ चैतमा निषेधाज्ञा जारी गरेको थियो ।

    उक्त निषेधाज्ञा अझै कायम रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिए ।

    उनका अनुसार अहिले अवस्था समान्य बन्दै गएको र भोलिसम्ममा निषेधाज्ञा हटाउनेबारे छलफल भइरहेको छ ।

    मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो ।

    सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो ।

    तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ समेत गरिएको छ । प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

    राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।

    झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images