काठमाडौं– अमेरिका–इजरायलसँगको युद्धबीच इरानले तेल–ग्यासबाट ठूलो आम्दानी गरिरहेको छ ।
खार्ग टर्मिनलमार्फत दैनिक १७–२० लाख ब्यारेल तेल निर्यात जारी राख्दै उसले ‘घोस्ट फ्लिट’ प्रयोग गरेर चीनलाई आपूर्ति गरिरहेको छ ।
होर्मुज स्ट्रेटमा इरानी नियन्त्रण र आक्रमणका कारण साउदी अरब, कतार, इराक, कुवेत र युएई जस्ता खाडी देशहरूको तेल–ग्यास उत्पादन ७० प्रतिशतसम्म घटेको छ ।
यसले विश्व बजारमा तेलको मूल्य बढाएर ब्रेन्ट क्रुड ११२ डलर नाघेको छ ।
यसैबीच अमेरिकाले २० मार्चदेखि १९ अप्रिलसम्म इरानी तेल खरिदमा ३० दिनको अस्थायी छुट दिएको छ ।
जसले विश्व बजारमा करिब १४ करोड ब्यारेल तेल थपिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















