images
images
  • देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको जानकारी दिदै देशको तराई भू–भागका केही स्थानमा हुस्सु लागेको उल्लेख गरेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमामा आंशिक बादल लाग्नेछ ।

    देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा बिहानपख हुस्सु पनि लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम सम्मको, कोशी र बागमती प्रदेशको हिमाली भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भाग तथा मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images