images
images
  • कांग्रेस महाधिवेशन : बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, खाजा र खाना खुवाइने

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले रात बस्ने ठाउँको व्यवस्था आफैंले गर्नुपर्ने भएको छ ।

    पार्टीले बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खुवाए पनि बस्ने बासको व्यवस्था भने आफैंले गर्नुपर्ने भएको हो ।

    महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ । बिहान खाजा, दिउँसो खाना र बेलुकाको खाजा भृकुटीमण्डपमा हुने गरी तयारी गरिएको छ ।

    प्रतिनिधिका लागि सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलंकी, एयरपोर्टलगायत क्षेत्रका होटेलहरूसँग पार्टीले समन्वय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाले जानकारी दिएका छन् ।

    काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट सात हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

    कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन हुने समारोहमा आउनेलाई कहाँ–कहाँ गरियो पार्किङको व्यवस्था ?

    कांग्रेसको महाधिवेशनमा अरु नेता त जालान्, केपी ओली जालान् कि नजालान् ?

    प्रतिक्रिया दिनुहोस्
    images
    images