images
images
  • अमेरिका-इजरायल-इरान युद्ध : एशियाली शेयर बजारमा भारी गिरावट, तेलको मूल्यमा उतारचढाव

    काठमाडौं- अमेरिका इजरायल र इरानबीच बढ्दो तनाव र युद्ध चौथो हप्तामा प्रवेश गरेसँगै त्यसको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ।

    सोमबार कारोबारको सुरुवातमै एशियाका प्रमुख शेयर बजारहरूमा भारी गिरावट आएको छ।

    दुवै देशले एकअर्का विरुद्ध युद्ध अझ चर्काउने चेतावनी दिएपछि लगानीकर्ताहरूमा त्रास फैलिएको हो।

    यसको परिणामस्वरूप जापानको प्रमुख बजार सूचक निक्केई २२५ कारोबारको सुरुवाती समयमै ४.८ प्रतिशतले ओरालो लागेको छ।

    त्यस्तै, दक्षिण कोरियाको शेयर बजार पनि नराम्ररी प्रभावित भएको छ। त्यहाँको मुख्य सूचक कोस्पी मा ५.५ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।

    युद्धको अनिश्चितताका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि उतारचढाव आएको छ।

    बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ०.८ प्रतिशतले घटेर प्रति ब्यारल १११.२५ डलर (८३.४८ पाउण्ड) कायम भएको छ। यता अमेरिकी कच्चा तेलको मूल्य भने ९८.१८ डलरमा स्थिर देखिएको छ।

    विज्ञहरूका अनुसार मध्यपूर्वमा बढ्दो सैन्य तनावले विश्व अर्थतन्त्रमा अनिश्चितता थपेको छ । -बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images